surkhet

बहुप्राविधिक शिक्षालय निर्माण गर्न सल्यानमा एक करोड विनियोजन ,

surkhet

मङ्सिर १७ ,काठमान्डौ – कर्णाली प्रदेश सल्यान जिल्लामा बहुप्राविधि शिक्षालय निर्माण हुने भएको छ जसको लागि रु १ करोड रकम पनि विनियोज गरिएको छ ।

प्रदेशसभा सल्यानका सांसद गुलावजंग शाहले त्रिभुवन जन नमुना माद्यामिक बिद्यालय जिल्लाको सदरमुकाम खलंगामा रहेको लुहापिङलाई बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गरिने बताए ।

अहिले प्राबिधिक धारको पढाई सञ्चालन गरेको यस बिद्यालयमा प्रदेश स्तरीय बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गर्न लागिएको हो ।यो विद्यालय २००८ सालमा स्थापना भएको थियो ।

Dailekh

आईतबार त्रिभुवन जन नमुना माद्यामिक बिद्यालयको प्रांगनमा आयोजित स्वागत तथा शैक्षिक भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्राबिधिक धारमा पठनपाठन गरिरहेको यस बिद्यालयलाई बहुप्राबिधिक शिक्षालयका रुपमा बिकास गर्न लागिएको छ, ।

जसको लागि विनियोजन गरिएको एक करोड रकमले छिट्टै भौतिक भूर्वाधार निर्माणको काम शुरु गर्ने पनि शाहले बताए ।

Gorkha

उहाँले जिल्लामा प्राबिधिक धारको पढाई हुने बिद्यालय नहुदाँ बिगतमा बिध्यार्थिहरु शहर जाने गरेको स्मरण गर्दै अबका दिनमा त्यो समस्याको समाधान हुने पनि उनले बताए ।

प्रदेशसभा सदस्य शाहले शैक्षिक क्षेत्रमा लगानी नभएसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउदै यसका लागी सरोकारवाला निकायहरुसंग पहल गर्नुपर्ने समेत जानकारी गरे ।

उहाँले शिक्षक, बिद्यार्थी, अभिभावक र सरोकारवाला निकायहरुका बीचमा समन्वयात्मक तरिकाले अगाडी बढ्न सके शैक्षिक गुणस्तर सुधारमा समस्या नहुने बताए।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य ओज बहादुर बुढाथोकी, बिद्यालयका प्रधानाध्यापक माधब बिक्रम जिसी लगाएतकाले आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा सहायक प्रधानाध्यापक मधुसुदन शर्माले आफ्नो मन्तब्य राखेका थिए भने शिक्षक रुपक शाहले कार्यक्रमको सञ्चालन गरेका थिए ।

salyan