Gold

भुकम्पपीडितले दोस्रो किस्ता लिन सास्ती भोग्न परेको गुनासो ,,

Naumule Migrate

रंग दर्पण  ३ चैत – २०७२ वैसाख १२ गते गयको महामारी भूकम्पको पहिलो किस्ता बल बल्ल पायका पीडितले दोस्रो किस्ता पाउन मुस्किल भयको छ। घर निर्माण को लागि भनेर दिने गरेको आर्थिक रकम धेरै ठाँउमा पुगेको छैन १२ हजार भन्दा बढीको ज्यान जाने गरि गयको भूकम्पमा देशभरका थुप्रै मान्छे हरु  दुखि छन् ।सरकारले पिडित्मा गनेर राहत दिने भनि परिचय पत्र बाँडेका ब्याक्ति हरुले पनि अहिले सम्म पहिलो किस्ता पनि पायका छैनन ।

तेसै गरि भक्तपुर अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवाधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलमा चैत १ गत ‘भूकम्पपीडितको राहत तथा पुनःनिर्माणको सवाल’ विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितले दोस्रो किस्ता लिनै नसक्ने अवस्था आएको गुनासो गरेको छ ।

अहिले सम्म पहिलो किस्ता पनि पायका छैनौ, दोस्रो त कँहा बाट पाउनु यो सारा सर अन्या भयको छ। तेसैमा सरकारले पनि अहिले सम्म कुनै जानकारी चासो दियको छैन पिडितको गुनासो सुन्ने कोहि छैन पिडितको आवाज रह्यो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय कार्यालयका प्रमुख शिवराम गेलालले भदौमा भरिएका गुनासो फारामको सर्भेको प्रक्रिया अगाडि बढेको बताउँदै नाम र निस्सा फरक भएकाको हकमा गुनासो फारामका आधारमा पुनःसर्भे भएपछि सम्बोधन हुने जानकारी दिए ।

बहुस्वामित्व र बाटो विवाद तथा नक्सा पासमा आइपरेका समस्या स्थानीय तहले समाधान गरेर प्रक्रियामा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिए । मानवाधिकार सञ्जाल भक्तपुरका उपाध्यक्ष रमेश गिरीले भूकम्पपीडितको गुनासो र समस्या धेरै रहेकाले उनीहरुको गुनासो सम्बोधनका लागि स्थानीय तह आफैँले अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।

Naumule Badhipahiro