ग्लोबल आईएमई बैंक लिमिटेडले चिसोमा न्यानो कपडा वितरण ,

पुस ८ ,काठमाडौ – ग्लोबल आईएमई बैंक लिमिटेडले स्थानियलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ ।

समाजिक संस्था उतरदायित्व अन्तर्गत नवलपरासी सुस्ता गाउँपालिका ५ पक्लिहवामा २०० थान बलान्केट वितरण गरेको हो ।

बैंकले आफ्नो संथा सामाजिक उतरदायित्व अन्तर्गत रहेर निजामती कर्मचारी संघसंगको सहकार्यमा` नवलपरासीको सुस्ताका विपन्न समुदायलाई जाडोमा ब्लान्केट वितरण गरेको हो ।

ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखीनै सामाजिक उतरदायित्वलाई प्राथामिक्ता मा राखेर विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

आन्तरिक तथा कानुन न्याय मन्त्री प्रदेश न .५ का सचिव रामप्रसाद खरेल ,मुख्य मन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश न ५ का सचिव टेकनारायण पाण्डे ,प्रमुख जिल्ला अधिकारि शम्भु प्रसाद मरासिनी ,सुस्ता गाँउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे ,निजामति कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मी तथा ग्लोबल बैंकका प्रदेश न ५ .का सहायक प्रमुख कविन्द्र रेग्मीले शनिबार आयिजित एक कार्यक्रममा सुस्ताका विपन्न समुदायका २०० परिवारलाई संयुक्तरूपमा बलान्केट हस्तान्तरण गरेका हुन्।