तमुल्होछार पर्वमा नेकपा अध्यक्ष प्रचण्डको सुभकामना ,

पुस १५ -काठमान्डौ – तमू (गुरुङ) समुदायको पर्व तमू ल्होछार ,ल्होसार २०७६ को अवसरमा नेपाल कम्युनिस्ट पार्टीका नेकपा अध्यक्ष प्रचण्डले सुभकामना दिएका छन्।
,
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमू दिदी–बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रचण्डले सुभकामनामा भनेका छन् ।
पुरानो वर्ग (वर्ष)को बिदाई र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले विशेष उत्साह र उमङ्गतासाथ मनाउने यस पर्वले छुट्टै मौलिक परम्परा र सांस्कृतिक महत्व राखेको छ ।


सांस्कृतिक परम्पराको धनी राष्ट्र नेपालका तमु समुदायले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेको प्रचण्डको धारणा छ ।
नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको र २१ औं शताब्दीमा नेपाली पहिचान सहितको विचारलाई माथि उठाउन र विश्वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता रहेको समेत उनले बताए ।
यस्ता पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा सहित तमु समुदायलगायत समस्त नेपालीहरुमा प्रचण्डले हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
