अन्नपुर्ण बेसक्याम्प हिडेका ५ पर्यटक सम्पर्क विहीन ,

माघ ३ ,कास्की – अन्नपूर्ण बेसक्याम्प घुम्न गएका ५ जना विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् ।
,चार कोरियाली र एक चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ ।बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेले बताए ।
अत्यधिक हिमपातका कारण बाँकी ४ जना हराईरहेको हुनसक्ने प्रहरीको अनुमान छ ,।


कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बिचमा हिमपहिरो आएपछि उनीहरु सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ।
मोबाईल चार्ज नभएर सम्पर्क हुननसकेको हो भन्ने हो भने ५ जनालाई उदार गरेका छौ त्यो उद्दार गरिएको क्षेत्रमा अत्यधिक मात्रामा ठुलो हिमपहिरो गएको छ ।
हामि अनुसन्धानमा छौ खोजिरहेका छौ ,घिमिरेले भने ,घटनास्थल क्षेत्रमा हेलिकोप्टर प्रयोग हुन नसकेको हुनाले स्थलगत जानुको विकप्लमात्र रहेको पनि उनले बताए ।
