चीनबाट विद्यार्थी फिर्ता ल्याउन आवस्यक देखिदैन परराष्ट्रमन्त्री ज्ञवाली,
माघ १६ ,काठमान्डौ – वुहानमा रहेका नेपाली विद्यार्थीलाई ‘आवश्यक देखिएको अवस्थामा’ घर नेपाल फिर्ता गराउन सकिने तर अहिलेनै फिर्ता गर्नपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएक छन् ।
चीनमा बढ्दो कोरोना भाईरसका कारण वुहानमा रहेका नेपालि विद्यार्थीले आफुहरुलाई पनि संक्रमणले समाउने भन्दै नेपाल सरकारलाई उदार गर्दिन आग्रह गरेका छन्।
,कोरोना भाइरसको फैलदो संक्रमणकै कारण नेपाली विद्यार्थीले कुनै प्रकारको गम्भीर र असहज स्थिति बेहोर्ने अवस्था नदेखिएको बताउँदै ज्ञवालीले यो संक्रमणभन्दा बढी संक्रमितलाई ‘आइसोलेसन’मा राख्नुपर्ने अवस्था जटील रहेको बताए।
जसको लागि बेइजिङस्थित दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी उनले दिएका छन् ।
चीनले पनि स्थिति नियन्त्रणमा आउने भन्दै आफ्ना नागरिक/विद्यार्थी फिर्ता लैजान अपिल गरेको छैन।
अहिले नै विद्यार्थीलाई नेपाल फिर्ता गर्नपर्ने आवस्यक नरहेको पररास्ट्र मन्त्रि प्रदिप ज्ञवालीले बताए।‘स्थिति जटील नदेखिएकै अवस्थामा विद्यार्थीलाई घरफिर्ती गराएर पनि हुन्न,’ उनले भने, ।
‘चीन सरकारले पनि सक्दो सेवा सुरक्षाको ख्याल गरेर स्थितिलाई नियन्त्रणमा लिँदै गएको स्थिति देखिन्छ। चीनमा कोरोना भाईरसबाट ११७ जनाको मृतु भईसकेको छ भने ५ हजार भन्दा बढी संक्रमित छन्।
अहिले सम्म चीनमा रहेका कुनैपनि नेपालीको भने कोरोना भाईरसबाट संक्रमित रहेको खबर छैन ,।
बल्कि नेपालमा यो रोगका तिन जना संकर्मित भेटिएका छन्। जसले गर्दा चीनबाट रसुवाको नाकाबाट नेपाल भित्रिने चीन नागरिकलाई नेपाल सरकारले रोक लगाएको छ।