मेरो पद धरापमा पार्ने धम्कि आयो प्रधानमन्त्री ओली ,

फागुन ८ ,काठमान्डौ – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए प्रधानमन्त्री ओलील आफूलाई पद धराप पर्ने धम्कीसमेत आएकाे तर आफू त्यसबाट विचलित नहुने समेत बताए ।

करिब ४५ मिनेटको भाषणपछि उनले भने, ‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन् ।स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने समेत प्रधानमन्त्री ओलीले बताएका हुन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने समेत बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालमा भ्रस्टाचार शुन्य सहनशीलता गराउन खोजेपनि उनले चुनेका मन्त्रिहरुबाट भरस्टचार बढ्दै गईरहेको छ ।मा भ्रस्टाचार गर्दिन र गर्न दिन्न भन्ने नारा भरस्टचारमा लिप्त देखिएको छ ।