यी देशहरुमा सरकारले गर्यो अनअराइभल भिसामा रोक ,
फागुन , १९ ,काठमान्डौ – सरकारले चिनसहित पाँच देशका नागरिकलाई एक महिनाकालागि अनअराइभल भिसामा रोक लगाएको छ ।
हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ७ देखि मार्च ३१ सम्म अनअराइभल भिसामा रोक लगाएको गृह मन्त्रालयले जनाएको हो ।
उक्त देशका नागरिक नेपाल आउनुपरेमा सम्बन्धित देशमै रहेका नेपालि राजदुतावास र कुटनीतिक नियोगमार्फत कोरोना भाईरससम्बन्धि स्वास्थ्य परिक्षनसमेतको रिपोर्टका आधारमा आवस्यकता र औचित्य हेरेर भिसा लिन सक्नेछन ।
आईतबार मात्र मन्त्रिपरिषद बैठकले कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिषा जारिमा कडाई गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको थियो ।
अहिले इराकसहित १३ मुलुकका नागरिकलाई अनअराइभल भिसा सुविधा छैन ।
अन्य देशका नागरिकले भने नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अध्यागमनका सम्बन्धित कार्यालयमाफर्त प्रवेशाज्ञा अनुमति लिन पाउने व्यवस्था छ ।