वेवास्था गर्दै कति सम्मका नेपालि हामि रक्सिले कोरोना हुन्न भनछौ,
कोरोना संक्रमणबारे भ्रम र यथार्थता,
फागुन २२ ,काठमान्डौ – चीनको हुवेई शहरबाट फैलीएको नोवेल कोरोना भाईरसको नेपालमा गलत प्रचार प्रसार गरिएको चिकित्सकहरु बताउछन ।
पछिल्लो समययता विभिन्न सामाजिक संजालमा अल्कोहलले कोरोना संक्रमण हुन दिदैन भनेर प्रचार गरिएको देखिन्छ ।
विश्वभरिनै महामारी र जटिल रुपमा देखिएको कोरोनाले हालसम्म ३५ सय भन्दा बढीको मृतु भईसकेको छ ।
नेपालमा भने अहिले सम्म कोरोनाको संक्रमण देखिएको छैन । कदम कदापि नेपालमा कोरोनाको संक्रमण फेलापरे व्याक्तिमा मानसिकतानै कोरोना हुनेसमेत जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे बताउछन।
कोरोना भाईरसबाट संक्रमित हुननदिन खानपिन देखि सुरक्षानै ठुलो र उतम उपाए हो उनि भन्छन ।
१. अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो ।अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन ।स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो ।कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ ।
२. कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।
३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन ।बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना संक्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ ।
४. कोरोना सर्दैमा मृत्यु हुँदैन | धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ ।१०० जनालाई कोरोना संक्रमण भएमा १-२ जनाको मात्र मृत्यु हुन्छ ।
५. कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ ।जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ।
६. मास्कले कोरोना संक्रमण रोक्न सक्दैन ।सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।
७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।
८. बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।
९. कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै ।
१०. एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन ।यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।
११. कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।
१२. बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।
१३. शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।
१४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।
१५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।