५२ जना कन्टेनरमा लुकेर वीरगञ्ज आएका पक्राउ ,

चैत १२ ,वीरगञ्ज- कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समान बोक्ने कन्टेनरभि लुकेर आएका उनीहरुलाई प्रहरीले मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिएको बताएको छ ।

सरकारले लगाएको लकडाउनलाई उल्लघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

lekbesi

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेको र उनीहरुले कन्टेनर चालकलाई २ ,२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।

पक्राउ परेका सबैलाई प्रहरीले छाडेको छैन के गर्ने भन्नेमा गृहमन्त्रालयको सुचाना पर्खिरहेको प्रहरी श्रोतले जनाएको छ ।