लुम्बिनीमा २५ सय ६२ औं बुद्धजयन्तीको तयारी तीब्र रुपमा अगाडी ,,

२० चैत, बुटवल – शान्तिका दुद गौतमबुद्दको जन्म स्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्धसम्मेलन तथा २५ सय ६२ औं बुद्धजयन्तीको तयारी तीब्ररुपमा अगाडी काम भईरहेको छ । बुद्द जन्मेको २५ सय ६२ औ दिनलाई भब्य रुपमा मनाउनका लागि लुम्बिनी बिकासकोषले कार्यक्रमलाई तयारी तीब्र पारेको छ ।बैशाख १५ र १६ गते अन्तराष्ट्रिय बौद्ध सम्मेलन,१७ गते २५६२ औं बुद्धजन्यती तथा लुम्बिनी दिवस मनाइने छ यसै अबसर मा लुम्बिनी बिकासकोषले प्रधानमन्त्री केपी ओलीको संयोजकतामा ५ सय १ सदस्यी मुल्समरुहा समिति त बिभिन्न १३ वटा उपसमिति निर्माण गरेको छ र काम अगाडी बढाईरहेको छ
अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनमा चीन,भारत,जापान, फ्रान्स, पोल्याण्ड,मलेशिया,जर्मन,श्रीलंका लगायत १५ राष्ट्रका प्रतिनिधी प्रर्यबेक्षकले कार्यपत्र प्रस्तुत गर्नुका साथै सम्मेलनमा साढे चारसय जनाले प्रत्यक्ष भाग लिने छन् ।२५६२ बुद्धजयन्ती तथा लुम्बिनी दिवस बैसाख १५ गते उदघाटनका लागि राष्ट्रपति बिद्यादेबी भण्डारी,प्रधानमन्त्री केपीशर्मा ओली आउनेछन् र बैसाख १७ गतेसम्म लुम्बिनीमै बसेर बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको कोषले जनाएको छ ।
सो कार्यक्रममा देश विदेशबाट गरि डेढलाख भिक्षु भिक्षुणीहरुको सहभागिता रहने जानकारी छ , त्यसका लागि करिब तीन हजार जना अट्ने गरी कार्यक्रम स्थल निर्माण भैरहेको छ ।चैत्र ५ गते देखि तीन करोड ९७ लाखको लागतमा अस्थायी सम्मेलन हल निर्माण थालिएको हो । निर्माण कार्य करिब ३५ प्रतिसत सकियको विकास कोषले जानकारी गरायको छ बाँकी काम तिब्र रुपमा हुदई गरेको कोषका योजना प्रमुख निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिय ।

लुम्विनी सरोकार समितिले मूख्यमन्त्रीलाई ज्ञापनपत्र ,,

लुम्विनीलाई पर्यटन स्थल बनाउने उदेश्यले सडकखण्डमा देखिएका विभिन्न समस्याहरुले पर्यटन प्रबर्द्धनमा अवरोध सिर्जना गरेको भन्दै लुम्विनी सरोकार समितिका सदस्यहरुले मंगलवार मूख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।लुम्विनी क्षेत्रका प्रदेशसभा सदस्य फकरुद्धिन खांनको नेतृत्वमा आएको सरोकार टोलीले मुग्लिन-नारायणगढ र बुटवल भैरहवा सडक विस्तारका कारण लामो समयदेखि प्रभावित लुम्विनीको पर्यटनमा भर्खरै शुरु भएको भैरहवा-लुम्विनी सडक विस्तारले थप अप्ठेरो पारेको सुनाएको थियो ।
चार वर्षअघि ठेक्का भएको भैरहवा-लुम्विनी सडकका पाँचवटा पक्की पुल मध्ये तिनाउ र दानव नदीको पुल विस्तारमा ठेकेदारले गरेको ढिलासुस्तीका कारण घण्टौं सवारी अवरोध हुन थालेको,जसका कारण लुम्विनी घुम्न आउने पर्यटकहरु घण्टौं जाममा फस्नु पर्ने अवस्था आएको,एम्वुलेन्सको प्रयोग गरेका विरामीहरुले समेत समयमा उपाचार पाउन नसकेको, सडक निर्माण र सिमेन्ट उद्योगहरुबाट निस्केको धुलोका कारण प्रदूषण बढेको,पर्यटन प्रबर्द्धनका लागि लुम्विनी गुरुयोजना क्षेत्र वाहिर भौतिक पूर्वाधारहरुको अभाव रहेको लगायतका समस्याहरु मूख्य मन्त्री समक्ष देखाएका थिए ।
उनीहरुले लुम्विनी आउने लाखौं पर्यटहरुलाई स्वागत गर्न आफुहरु आतुर रहेपनि सरकारले पर्यटनमैत्री भौतिक संचरनाहरु निर्माणमा सहयोग नगरेको गुनासो उनीहरुको छ ।लुम्विनी क्षेत्रका विभिन्न संघसंस्था,ब्यवसायी,भिक्षु,आमा समूह र पत्रकारका प्रतिनिधिहरुले मूख्य मन्त्री समक्ष त्यस क्षेत्रका समस्या राखेका थिए ।
टोलीले गराएको ध्यानाकर्षणपछि आफ्ना मन्तब्य राख्दै मुख्यमन्त्री पोखरेलले लुम्विनीमा दश वर्षभित्र ५० लाख पर्यटक पुर्याउने लक्ष्यका साथ आफुहरु लागिपरेेको वताए ।उनले लुम्बिनीको पर्यटन प्रबर्द्धनमा देखिएका समस्याहरुको चांडो समाधान हुने विश्वास समेत ब्यक्त गरे ।मूख्यमन्त्री समक्ष लुम्विनी सरोकार समितिका तर्फबाट पर्यटन ब्यवसायी हेमबहादुर विष्ट,अकरामुद्धिन खान,भन्ते सागर धम्म लगायतले त्यस क्षेत्रका समस्या मुख्यमन्त्री लाइ सुनायका थिए ।
