Gold

३३ केजी सुन प्रकरणमा संकामा अपराध महाशाखाका प्रमुख (एसएसपी) दिवेश लोहोनीलाई प्रहरी प्रधान कार्यालय तानियो ,,,

Naumule Migrate

२२ चैत, काठमाडौं – ३३ केजी सुन प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।मन्त्रालय स्रोतका अनुसार तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या भएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

लोहोनीको ठाउँमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको समेत स्रोतको भनाइ छ ।

 

गत फागुन १९ मा उर्लाबारी ७ का ३३ बर्षीय सक्यको शव गुदी रहेको गाडीमा फेला परे पछि प्रहरीले गम्भीरता पुर्बक छानबिन नगरेको भन्दै उजुरी गरेको थियो त्यसपछि प्रहरी मुख्यालय र गृहमन्त्रालयले छुट्टा छुट्टै अनुसन्धान समिति बनायर छानबिन शुरु गरेको थियो
प्रहरीकै मिलेमतोमा सुन गायब र हत्या भयको संकामा अनुसन्धान थालियको हो महानगरीय अपराध अनुसन्धान महासखाको टोलीले घटनामा संलग्न भयको भन्दै तिन जनालाई पक्राउ गरि सोधपुछ गरेको थियो मुख्य सुनका मालिक भने अहिले सम्म फेला पर्न सकेका छैनन

Naumule Badhipahiro