कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ,विकास देवकोटा ,

चैत २७ ,काठमान्डौ – कैलाली र कञ्चनपुरमा संकलित ६६ नमुनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा त्यसमध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको देवकोटाले बताए ।

lekbesi

काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने तयारी भइरहेको उनले बताए ।