नेपालमा दोश्रो कोरोना संक्रमित ठिक भएपछि प्रधानमन्त्रीले दिए धन्यवाद ,

वैशाख ६ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमित दोश्रो युवती ठिक भएर आज घर फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन् उँहाको अरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद दिन चाहन्छु ।

नेपालमा दोश्रो कोरोना संक्रमित काठमान्डौकि युवती आज ठिक भएर घर फर्केकी हुन् ।नेपालमा दोश्रो कोरोना संक्रमित ठिक भएपछि प्रधानमन्त्रीले दिए धन्यवाद ।

lekbesi

काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

हाल सम्म नेपालमा ३० जनामा कोरोना संक्रमण फेला परेको छ ति मध्ये २ जना निको भएका छन् ।