suekhet
bheriad

चलचित्र तिमि हुन्छौ जहाँ- जहाँ को गीत सार्वजनिक ,,

lekabesi

चैत २८ ,चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत रिलिज भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रेमले भरिएको शिर्ष गीत रिलिज गरिएको हो । चलचित्रमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ , गीत लाई अर्जुन पोख्रेलले शब्द भरेका छन् ।

बी एन्ड बी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रको शिर्ष गीतमा मुख्य कलाकारहरु मलिना जोशी र मनिष सुन्दर श्रेष्ठलाई फिचरिङ गरिएको छ । चलचित्रमा मनिष र मलिनाको अलवा स्वरुप पुरुष ढकालको पनि मुख्य भूमिका छ । चलचित्रमा कविराज गहतराज र रेनशा वान्तवा राइको कोरियोग्राफी छ , माधव घिमिरेको पटकथा तथा संवाद, रोशन श्रेष्ठको एक्सन, भूपेन्द्र अधिकारी र मुकेश शाहको सम्पादन रहेको गीतलाई रामशरण उप्रेतीको छायांकन रहेको छ ।

मदन दवाडी प्रस्तुतकर्ता रहेको चलचित्रमा चन्द्र दवाडी, हरिप्रसाद अधिकारी निर्माताको रुपमा छन् । प्रकाश बास्कोटा कार्यकारी निर्माता रहेको यो चलचित्रमा विना कार्कीको सह-लगानी छ । चलचित्रको लेखन तथा निर्देशन विकास बस्यालले गरेका हुन् ।
मलिना र मनिषले यसअगाडि चलचित्र ‘रानी’मा पनि एकसाथ काम गरिसकेका छन् । अगाडी काम गरि सकेकाले यो चलचित्रमा कम गर्न सहज भयको पनि निर्माता पक्क्षयले जनाय ।चलचित्र असार ८ गते देश भर प्रदर्शनमा आउनेछ ,,