ओली प्रचण्ड बीच वालुवाटारमा भेट वार्ता बैठक भने अन्यौल ,
बैशाख १६ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भईरहेको छ।
पार्टीभित्र अन्तरद्वन्द्व चर्किरहेको बेला ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका हुन् ।
आज नेकपाको सचिवालय बैठक बस्ने भनेपनि बस्न सकेको छैन । दुई नेताबीचको छलफलले पार्टीको बैठक बोलाउन निर्णय गरिने वालुवाटार विशेष श्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ ।
नेकपाका दाहाल र नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गर्दै यस अघि नै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका छन्।