युएईमा एकै दिन थप २२ जना नेपालि कामदारमा कोरोना संक्रमण ,

वैशाख २७ ,काठमान्डौ – युएईमा एकै दिन थप २२ जना नेपालि कामदारमा कोरोना संक्रमण फेला परेको छ ।

पोजिटिभ हुनेमा २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए युएईको क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले बताए ।

उनीहरु शारहजाको एक क्लिनिङ कम्पनीमा काम गर्दै आईरहेका थिए उक्त कम्पनिमा काम गर्ने एकैदिनमा ६१ जना महिला कामदारहरुलाई संक्रमण फेला परेको थियो ।

lekbesi

संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ।उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन्।

स्कुल, कलेजमा काम गर्नेहरु बेतलबी बिदामा छन्भने बैंक तथा अन्य प्रतिष्ठानहरुमा काम गर्नेहरु नियमित ड्युटी गरिरहेका छन्।

गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् ।

जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।