वर्षाले छोडेको चलचित्र , रानीमहल, लाई मिसनेपाल निकिता चण्डकले डेब्यू गर्ने ,,
वैशाख २ , प्राय कुनै पनि नायिका बन्न चाहने हिरोईन वा मिस नेपाल बन्ने`हरुलाई चलचित्रमा डेब्यु गर्न धेरै कसरत गर्नु पर्ने हुन्छ। ,तर, सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता चण्डक निकै चाडो चलचित्र खेल्न तयार भएकी छिन् । उनले चलचित्र रानीमहल मा प्रवेश गर्ने भयकि छिन ।कुनै पनि सिजनको ‘मिस नेपाल’ विजेताले यति चाडो चलचित्र क्षेत्रमा हात हालेको यो पहिलो पटक हो । जतिपनि ‘मिस नेपाल’का विजेताहरुले चलचित्र क्षेत्रमा पाइला राखेका छन्, ती सबै उपाधि जितेको केहि बर्षपछि मात्र आएका छन् ।
सन् २०१८ को ‘मिस नेपाल’ घोषणा भएको एक साता पनि नवित्दै पूर्व मिस नेपाल निकिता चण्डक चलचित्रमा काम गर्न तयार भएकी हुन् । लचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाही फाइनल भैसकेका छन् । हिमाल न्यौपानेले यो चलचित्रको निर्देशन गर्नेछन ।
अब केहिदिनमा निकितालाई वर्कसप गरायर उनको पहिरनलाइ छायांकन गरेर छिटै निर्माण पक्ष कामको थालनीमा जाने छ ।, चलचित्र रानीमहल यो भन्दा पहिले नायिका सिवाकोटील लाई राख्ने कुरा थियो ,उनले यो चलचित्र गर्दिन भनेपछि नायिकाको खोजि भैरहेको थियो ।अब भने निकिताले यो चलचित्रमा काम गर्नेछिन् ।

चलचित्रको निर्माणपक्षले उनीसँग आइतबार कागजी संझौता गरेको छ,चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटाले ‘ ‘मिस नेपाल’को आयोजक संस्था हिडन ट्रेजरमा गएर कुरा पनि गरेका थिय ।
।