Simta
Simta
lekbesi

प्यूठानमा ११ जनामा आरडीटी पोजिटिभ,

Gurvakot

वैशाख ३० ,काठमान्डौ – प्युठानका १ जनामा र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ ।

प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका मध्ये ८ जना पुरुष र ३ जना महिलामा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनीहरु केहि दिन अगाडीमात्र काठमान्डौबाट प्युठान आएका प्युठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए ।ति सबै प्युठान नगरपालिकाक स्थानीय हुन् ।

lekbesi

उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए ।

यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उपिसिरा टेस्टमा नेगेटिभ देखिएको उनले जानकारी दिए ।

Simta