बारामा निषेधाज्ञा जारी, लकडाउनको पूर्ण पालना नगरे कारवाही ,

वैशाख ३० ,काठमान्डौ – जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।
मंगलबार बसेको क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले बुधबार ६ बजे देखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा समेत जारी गरेको हो ।

वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने उद्धेश्यसहित निषेधाज्ञा जारी गरिएको बैठकपछि जारी विज्ञिप्तमा जनाइएको छ ।

बैठकले बीरगञ्जतर्फबाट आउने सवारी आवागनलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै भारततर्फबाट आउने नाका समेत बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार मात्र बारा र पर्सा लगायत २ नम्बर प्रदेशका जिल्लाहरुमा २ पत्रकारसहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।