काठमान्डौ र भक्तपुरमा गरि थप २६ जनामा कोरोना संक्रमण संख्या २१७ पुग्यो ,

वैशाख ३० ,काठमान्डौ – काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

यससँगै एकैदिन ८३ जना संक्रमित थपिएका छन् ।मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको हो ।यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

lekbesi

२२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ ।