भिम रावलका सुरक्षार्थ कर्मीलाई कोरोना संक्रमण देखिएपछि स्थायी कमिटि बैठक स्थगित ,

वैशाख ३१ ,काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार कोरोना माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको हो ।

lekbesi

तेस्तै नेकपा स्थायी कमिटि सदस्य पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका २७ वर्षीय सशस्त्र प्रहरीलाई मंगलबार साँझ भक्तपुरमा कोरोना संक्रमन फेलापरेको छ ।

बैठक स्थगित गर्नुमा नेकपाले यो पनि एक कारण रहेको बताएको छ ।