एक शिक्षकको अर्को मन्द यात्रा,
ललित पुन ज्वाला ,

गजल,,
जिन्दगी धान्न नसकि चाेकमा पान बेचेर ,
बर्षाैँ भयाे खाडीआएको म ज्यान बेचेर ।
बेराेजगार निम्त्याएर, राेजगारीकाे नाममा ,
सुख सयलमा रमाउँछ सरकार जवान बेचेर ।

बिद्यार्थीलाई नि.शुल्क कलम थमा सरकार ,
फेर्ने हाे भने याे देशकाे मुहार विज्ञान बेचेर ।
जीवन एउटा फुल हाे आफै फुल्न सिक्नुपर्छ ,
धेरै बाँचेे त बेराेजगार भइन्छ खानदान बेचेर ।
मन्द यात्रा ,
पिर्काे उचालेर टाउकाेमा छ शीर पाउमा छ ,
बुझ्नुस् तपाँईलाई आफ्नैले सक्ने दाउमा छ ।
कतिञ्जेल तैरिने हाे, अदृष्य तालहरुमा याे ,
जिन्दगी, पलभरमै चुइने पातकाे नाउँमा छ ।
हामी त्यहि खुसी खाेजेर भाैतारिन्छाैँ शहरमा ,
जसलाई बिर्सेर अायाैँ त्याे विकट गाउँमा छ ।
सुनपानीले तिमीलाई कसरी शुद्ध बनाउँछ ,
शुद्धता न त सुनमा छ,न यसकाे धाउमा छ ।
भएर निधार नै खाली त्याे बाेक्ने झाेलाकाे ,
च्यातियाे रित्तै फ्याँकियाे किनारमा खाेलाकाे।
हरेक जिन्दगी बिशाल किताब पाे बन्दाेरहेछ,
स्वयम पढ्न नसक्ने अनुभव राखेर चाेलाकाे।
भाउ नपाएरै मानिस सँधै हिलाेमा लतारिन्छ ,
निर्जिव सुनकाे भाउ बढिरहेछ दैनिक ताेलाकाे।
अचेल संसार त्यसै रङ्गीन देखिन्छ हेर म जस्तै ,
कसरी बदल्न सक्छाै हानेर रङ पानी लाेलाकाे ।
गजल यात्रा ,
उठायाे, चाेककाे मेराे चाट पसल सरकारले ,
सायद निकै आम्दानि हुँदैछ सुनकाे ब्यापारले ।
हिजाे पारीकाे म, आज सिमा वारी बसिरहेछु ,
अब,आफुलाई नेपाली बताउँ म कुन आधारले ।
एउटा अठाेट गर,शान्ति ल्याउन दरबार छाेड्ने ,
बुझेर,बुद्धलाई ज्ञान दिएकाे हाेइन राजदरबारले ।
यहाँ नाथे भाइरसले दुनियाँलाई शाेकमा डुबायाे,
ए,मानिस के मार्छ अब तिम्राे आधुनिक हतियारले ।
कुनै दिन ,रगतमा यादहरु बनेर बग्ने तिमीलाई ,
बिर्सियाे,अचेल मुटुले नै बिर्सियाे तिम्राे व्यवहारले ।
थप
प्यास मेटाउन मान्दैन आगो याे पानीमा ,
बरु मज्जाले सकिन्छ आफ्नै खरानीमा ।
अहिले हिरा पाउँदा पनि दु.खी नारीहरु ,
जाे गुडियासँग खुब खुसी हुन्थे सानीमा ।

बुद्ध स्वरमा गुञ्जिरहेछ आकाशवाणी ,
बताउँदै, मेराे देश बाँचेकाे छ हैरानीमा ।
मेराे देश कहिले बुज्ला र आम्दानि गर्ला ,
विकास गर्छ सधैँ लगानी गरेर अैलानीमा ।
फेरी अर्को,
राँगिएकाे भित्ता त्यसैमा माटाकाे गाराे थियाे ,
मालिक गुमाएकाे घरलाई भित्ताे प्याराे थियाे।
उत्घाटन गरेरै जिज्ञासा मेटाइदियाे दक्षिणले ,
जाे गन्तव्य जानीजानी लिपुलेक ताराे थियाे।
साहुजी,खुवै ठट्टा गरेर लखेट्नुहुन्थ्याे बचपनमा ,
जसकाे पसलमा मेराे एक चकलेट उधाराे थियाे।
मेराे अन्दाजी हुने कुराले उ हर्षित भएछ भट्टिमै,
उसले बुझेन सायद शब्द उसैलाई झटाराे थियाे।
थप अर्को यात्रा ,
जुत्ता सँधैभरी पैतला मुनी खुसी रहयाे ,
जिन्दगी भने खुसी खाेजेरै डुलि रहयाे ।
बटुवा नदि तरेर, बिरानाे भैसक्याे उता ,
यता एक्लाे डुङ्गा किनारमै पर्खि रहयाे ।
तिम्रा लागि धेरै फुल सति गए मन्दिरमा ,
भाग्य फेरियन मन्दिरले फुल मागी रहयाे।
सुनाैलाे जिन्दगी दिन लाेभ गर्ने भावीले ,
दिएकाे एउटा जव मात्र सरकारी रहयाे ।
मेरी आमाको गुण सरेछ सायद जुनमा ,
हेर,त्यसैले अँध्याराेमा पनि चम्कि रहयाे ।
फेरी
तपाँई के भन्नुहुन्छ? न कथा न त कहानीले हाे ,
सिर्फ खुशी जीवन बिताउने त बुद्धिमानीले हाे ।
एक अधुराे सपना जाेडिन खाेज्दै थियाे रातमा ,
टुट्याे आखिर सपना टुटाउने हरेक बिहानीले हाे ।
आँशुलाई नराेक परेली हुँदै खस्न देउ जमीनसम्म ,
धर्तीका सबै अंश सुन्दर बनाउने अक्सर पानीले हाे ।
सानाेमा प्रश्न गर्थेँ बा लाई, ताताे हुन्छ किन ‘ज्वाला’?
बा ले भन्थे,पत्थर फाेरेर हिड्ने तेरै जिन्दगानीलेे हाे । loading ………..
ललित पुन ,ज्वाला ,
स्थायी ठेगाना : बनगाड कुपिण्डे नगरपालिका ११
हाल कर्णाली प्रदेश सुर्खेत ,
शिक्षा – मास्टर डिग्री साईन्स ,
अध्यापन राधाकृष्ण माध्यामिक विद्यालय भोजपुर,
