प्रहरीलाई मुक्का हान्ने चार चिनियाँ ५ -५ हजार धरौटिमा छुटे ,
जेठ ८ ,काठमान्डौ – प्रहरीलाई मुक्का हान्ने चार चिनियाँ ५ /५ हजार धरौटीमा छुटेका छन्।
उनीहरुले आफ्नो देश फिर्ताको माग गर्दै वैशाख २६ गते सिंहदरबार अगाडी प्रदर्शन गरेका थिए।
प्रहरीले प्रदर्शन रोक्न खोज्दा उनीहरु जाईलागेका थिए। प्रहरीले ४९ जनालाई पक्राउ गरेको थियो जसमध्ये अरुसबैलाई छोडेर ४ जनालाई अभद्र व्यवहारको मुद्दा महानगरीय प्रहरी वृत्त, सिंहदरबारले अघि बढाएको थियो।
बुधबार उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच,पाँच हजार बुझाएर छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।