कोरोना संक्रमित पत्रकारको पिडा कोरोनाले मार्छ मार्दैन थाहा छैन,तर अरू समस्याले मार्छ,
जेठ १० ,काठमान्डौ – विश्व कोरोनाको महामारीको कहरमा फसेको छ । नेपालमा पनि दिन प्रतिदिन बिरामी बढ्दै गएका छन् ।
यद्यपी नेपाललाई आत्तिहाल्नु पर्ने कुरा छैन, तर हाम्रो संयमता र सजकता अपनाउनु नै पर्छ ।
संयमता र सजकता अपनाएका कारण नेपालमा संक्रमीतिको संख्या दुईसय भन्दा माथी पुगीसकेको छ ।
विस्तारै कोरोना संक्रमीतको अग्रभुमिकामा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमीत भएको समाचारले अति नै दुखी बनाएको छ ।
तपाईहाम्रो लागि सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका पत्रकारहरु पनि संक्रमीत भएका छन् ।
दर्शकहरु यो हाम्रालागि निकै दुख लाग्दो समाचार हो । यो बिचमा तपाईको घरमा पनि धेरै जसो स्वास्थ्यकर्मी , पत्रकार र सुरक्षाकर्मी भाडामा बस्नुभएको छ होला अनुरोध छ उनीहरुलाई उनीहरुको परिवारलाई नहेप्नु होला ।
सजकता र संयमता अपनाउनु होला । यो जसलाई पनि हुन सक्छ । संक्रमीत पत्रकार मध्ये जनकपुरका एक अग्रज पत्रकार विरेन्द्ररमण रहेका छन् ।
कोरोना संक्रमणको परिक्षण गराएर हामी आफै चनाखो हुनुपर्छ । यो कहरमा जो कोही फस्न सक्छ । सबैभन्दा पहिले संक्रमीतको उपचारमा अटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार । कोरोना कसैलाई चिन्दैन ।
यसले जसलाई पनि आक्रमण गर्न सक्छ । त्यसैले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार सजग र संयमीत हुनैपर्छ । विशेषगरी फिल्डमा खटिने फोटो पत्रकार ,छायाकारहरुले दृष्य लिँदा सामाजिक दूरी राखेमा सबै सुरक्षीत रहन्छन् ।
संक्रमीत हुनुभएका स्वास्थ्यकर्मी, पत्रकार र सुरक्षाकर्मीलाई शिघ्रस्वाथ्य लाभको कामना । तपाईको पर्खाईमा हामी छौ । तपाईले कोरोना विरुद्धको लडाई जित्नुहुनेछ र पुन कार्यमा फर्कुनुहुनेछ । यो हाम्रो विश्वास हो ।
https://youtu.be/LBiOkXJIlKE