गोर्खा राइफल्सले आफ्नो जन्मभुमी प्रती कदापी गद्वार गर्ने छैन”
जेठ १०,काठमान्डौ – भारतिय सेनामा कार्यरत एक गोर्खा सैनिकले आफ्नो जन्मभुमि प्रति कहिले गद्दार नगर्ने बताएका छन ।
सैनिक रमेश कार्की भन्छन यो होईन कि मलाई नेपालको माया भन्दा बढी भारतको माया बढी छ मलाई मात्र हैन म जस्ता हजारौं भारतिय गोर्खाली सैनिकमा नेपालको माया छ ।
गोर्खा फौज पनि नेपाल भारत सन्धि सम्झौताकै अनुरुप भएको हो । ईन्डियन सत्ताले पहिलोपटक कालापानीमा सेना परिचालन गरेको छ त्यो पनि गोर्खा राईफलसको नाममा ।
तेस्तै उनी अगाडि लेख्छन देशका नागरिकलाई विदेशीका लागि भाडामा प्रयोग गर्न स्वीकृत दिने दलाल नितिको नतिजा अब देखिदै छ ।
नेपालका विरुद्धमा नेपालीहरुलाई लडाउने यो घृणित रणनीतिका बारेमा किन नेपाल सरकार, बोल्दैन ।
नेपाली सेना र दलमा बसेका ईण्डियन भरियाहरु ? विश्वको कुनै पनि देशमा यस्ता सडकछाप अपराधिहरु सत्तामा छैनन ।
भारतका सञ्चार माध्यमले नेपालको भूमि कालपानी लिपुलेख र लिम्पियाधुरालाई आफ्नो भूमि भनेर कराईरहेका छन यो सुन्दा आफुहरुलाई भोक निद नलाग्ने समेत रमेश बताउछन ।
नेपालको वेरोजगारीले भारतको सैनिकमा जागिर खाइयो यो हाम्रो बाध्यता हो तर हाम्रो जमिननै टोक्न खोज्ने लुट्न खोज्ने भारतलाई आफुहरुले यहीँबाट जवाफ दिन सक्ने उन्ले बताए ।
नेपाली भुमीमा भारतले अतिक्रमण गरेको कतिऔ वर्ष पार भैसकेको छ अहिलेका नेपालीलाई यो पनि थाहा नहोला कि नेपालको सिमाना काँहादेखी काँहा सम्म हो भनेर।
तेसैले देशको नेतृत्व गरिरहेका नेता लिडरले देशको भुमि बचाउन चेन अफ कमान गरोस गोर्खा सेनाले कहिले आफ्नो भुमीको गद्द्दार गर्ने छैन ।
भारतका मिडियाले नेपालको बद्नाम गर्दा र प्रधानमन्त्रीलाई समेत अयोग्य र चाईनाको मोहरा गुलाम भन्दा समेत नेपालबाट औपचारिक कुनै जवाफ नआउनु पनि दुर्भाग्य रहेको उनि बताउछन।