भारतीय सुरक्षाकर्मीको दादागिरी नेपालि भुमिमा पसेर सडक भत्काईदिए,

जेठ १६ ,वीरगन्ज – भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा पसेर पुल संचालनका लागि निर्माण गरिएको सडक भत्काएका छन्।

पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर सडक बनाइएको थियो ।

पुल दुइ वर्ष पहिले निर्माण गरिएपनि संचालमा भने आएको छैन। बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका हुन् ।

सडक भत्काएको जानकारी पछि स्थानि र भारतीय पक्षबिच भना भन भएको थियो। केहि छिनपछि भारतीय फिर्ता भएपछि नेपाली पक्षले भत्काएको सडकमा पुन माटो भरेको छ।

भारतीय प्रहरीको आदेशमा भारतीय नागरिकले बाटो भत्काएको ठोरी गाउँपालिका २ का अध्यक्ष किशोर तमाङले बताए। स्थानियले प्रतिकार गरेपछि भारतीय नागरिक फिर्ता भएको उनको भनाई छ ।

हुलाकी सडक र पुलबीचको कुलो पुरिएकाले त्यसलाई खोल्न आएको भारतीय पक्षको भनाई छ ।

उक्त क्षेत्रमा तीनवटा कुलो छन् जसमा नेपालीले एक कुलो प्रयोग गर्छन,दुइटा कुलो भारततर्फ जान्छा पुल सञ्चालनका लागि एउटा कुलो पुरिए पनि भारततर्फ अझै एउटा कुलोमा पानी बगिरहेको छ तामाङ्गले भने।

ठुटे खोलाको पुल भारतीय अवरोधका कारण अझै २ वर्षबाट प्रयोगमा आउन सकेको छैन हुलाकी सडक र पुलबीचको कुलोमा सडक नबनाउन्जेल पुल प्रयोगमा ल्याउने अवस्था नरहेको वडा अध्यक्ष तामाङले बताए ।

शुक्रबार बिहान वडान एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले पर्साका प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ ।

२०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुई मिटर लम्बाईको पुल निर्माण भएको थियो ।

गत जेठ १० मा जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने, गाउँपालिका उपप्रमुख, तीन वडाका जनप्रतिनिधि लगायतको सर्वदलीय बैठकले ठुटे खोलाको पुल सञ्चालनमा ल्याउने सहमति गरेको थियो ।

ठुटे खोला पुन नेपाल भारत सिमा नजिक पर्दछ पुल निर्माण गर्दापनि भारतीयले अवरोध गरेका थिए ,यो पुल निर्माणको कार्य ७ वर्ष भएपनि दुई वर्षपहिले मात्र पुल निर्माण गरिएको थियो। अहिले पनि भारतीयले अवरोध गरिरहेको छ।