रुकुम सोती घटनाका दोषीलाई हदै सम्मको कारवाही गर्न नेकपा रुकुम (पश्चिम) को माग,

जेठ १६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम (पश्चिम) ले चौरजहारी नगरपालिका वडा नम्बर ८, सोतीमा भएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार पार्टीका केन्द्रीय सदस्य एवं रुकुम (पश्चिम)का इन्चार्ज राजकुमार शर्माको अध्यक्षतामा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरु र प्रदेश कमिटी सदस्यहरुको मुसिकोटमा बैठक बसेर विज्ञप्ति गारे गरेको छ।

पार्टीले भनेको छ जेठ १० गते चौरजारी ८ सोतीमा घटेको घटना दुखद र निन्दनीय छ। मृतकहरु प्रति श्रदान्जली व्यक्त र सोकाकुल परिवारमा समवेदना प्रकट गर्दै यो घटनाले राजनैतिक परिवर्तनको स्तरमा सामाजिक र सांसकृतिक रुपान्तरण अपुग भएको नेकपा रुकुम (पश्चिम) का अध्यक्ष गोपाल शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेमसम्वन्ध, स्थानीय र बाहिरवाट आएका युवाहरु बीचको विभिन्न अवस्थाको इगो र लकडाउन परिपालना गर्ने गराउने मनोविज्ञान देखिएता पनि भेरी नदीको किनारमा ५ जनाको शव भेटिएको र एक जना अझै वेपत्ता भएको अवस्थाले घटना गम्भीर प्रकृतिको देखिएको पार्टीले जनाएको छ ।

यस अवस्थामा घटनाको गम्भीर छानविन र अनुसन्धान गरी दोषी उपर कारवाही गर्न सरकारसँग माग गरिएको शर्माले बताए ।

]सोती घटनाको सत्यतथ्य बुझ्न र अनुसन्धान कार्यमा सरकारी संयन्त्रलाई सहयोग गर्न संघीय सांसद सदस्य जनार्दन शर्माको निर्देशन बमोजिम पार्टीले ३ सदस्यीय छानबिन समिति गठन गरेकोमा त्यसबारे थप अध्ययन सहितको प्रतिवेदन जिल्ला कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

सोती घटनाका सन्दर्भमा दलित समुदायबाट व्यक्त प्रतिक्रियालाई सम्मान गर्दै पार्टीको तर्फबाट उत्पीडित वर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता पनि नेकपा रुकुम (पश्चिम) ले गरेको छ।