नेकपा सचिवालय बैठक सुरु बजेटमा एमसीसी घुसाईएको भन्दै छलफल ,

जेठ १७ ,काठमान्डौ – नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ।

आर्थिक वर्षको बजेट एमसीसी घुसाईएको भन्दै केहि सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले बैठक बोलाएको हो।

पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा नेकपा अध्यक्ष प्रचण्डले आपति जनाएक थिए।

lekbesi

प्रचण्ड हिजो साँझानै प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए। ओलीले प्रचण्डलाई आज बिहान ९ बजे बोलाएका थिए।

सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बिहीबार संसदमा सार्वजनिक गरेको बजेटमा बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने उल्लेख छ ।

त्यसका लागि अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।