Simta
Simta
lekbesi

कर्णाली प्रदेशमा एक जना कोरोना संक्रमितको मृतु ,

Gurvakot

जेठ १७ ,काठमान्डौ – कर्णाली प्रदेशमा एक जना कोरोना संक्रमितको मृतु भएको छ यो संगै नेपालमा कोरोना संक्रमणबाट मृतु हुनेको संख्या ७ पुगेको हो।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका हुन्।

lekbesi

तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो।

दुल्लु नगरपालिका,७ मा रहेको क्वारेन्टिनमा ३५ वर्षीय युवकको मृत्यु भएको हो। उनि दुल्लु नगरपालिका ११ का हुन्।

शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उन एक्कसी लडेका थिए। लडेको १० मिनेटमानै उनको मृतु भएको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले जानकारी दिए। मृतक युवक १० दिन अगाडी भारतबाट आएका थिए।

Simta