रुकुम पश्चिम घटनालाई राजनितिकरण गर्ने प्रयास नगरौ ,मन्त्रि बस्नेत ,

जेठ १९ ,काठमान्डौ – वन तथा वातावरण मन्त्री पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले पश्चिम रुकुम चौहराजारी सोती ८ को घटनालाई राजनितिकरण नगर्न आग्रह गरेका छन्।

जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या हुने गरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बस्नेतको माग छ ।

अपराध अपराध नै हो अपराधलाई राजनितिकरण गर्ने प्रयास कसैले नगराैं दाेषिलाई कारबाहि गर्ने र पिडित परिवारजनलाई न्याय दिलाउने कुरा सबैकाे जिम्मेवारी हो मन्त्रि बस्नेतले भनेका छन्।

lekbesi

तेस्तै आ–आफ्नो ठाउँबाट अनुसन्धान प्रक्रियामा सहयोग गर्न र अमुक नेता विशेषको विरोधमा अनावश्यक गतिविधि नगर्नपनि मन्त्रि बस्नेतले बताएक हुन् ।

जाजरकोटका नवराज विक र रुकुम पश्चिम सोतीकि सुसमा मल्लको प्रेम विवाहलाई लिएर जाजरकोटका ६ जनालाई दलित भन्दै गत १० गते कुटेर हत्या गरि भेरी नदीमा फालीएको थियो। घटनामा पांच जनाको शव फेला परेपनि अझै एक जना वेपत्ता छन्।