Simta
Simta
lekbesi

अहिले सम्म कै महँगो म्युजिक भिडियो , ४ लाखमा बोल्ड बनिन श्रृष्टी खड्का ,,

Gurvakot

वैशाख ९ , नाचौ गाँउ ,झुमौ हामी बोलको म्युजिक भिडियो बजारमा आयको छ ।गायक मनोज महत्तो ले यसमा स्वर दियका छन् । किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ । गायक महत्तो का अनुसार ‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् । मैले यो गीत युवा पुस्ताको लागि भनेर करिब १ वर्ष पहिले बाट सोचिरहेको थिय ।बल्ल आज आयर सबैको सामु पस्केको छु ,आशा छ सबैले मन पराइदिनु हुनेछ ।

निशान घिमिरेले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन,रहेको छ भने सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ ।

निर्देशक घिमिरेले  भने-‘यो भिडियोमा हामीले गीतको भावलाई मर्न दिएका छैनौ । यसपटक, साउथ शैलीमा भिडियो बनाएको छु । करिब ४ लाखमा तयार भएको यो भिडियोले दर्शकलाई झुमाउने छ । हामीले म्युजिक भिडियो मा पनि सोचे भन्दा सजावट गरेका छौ। साथै भिडियोमा मोडल श्रृष्टी खड्का बोल्ड देखिएकी छिन् ।

lekbesi

हेर्नुहोस भिडियो ,,

Simta