महामारी रोक्न सिम्ता गाँउपालिका राकममा ५० बेडको आईसोलेसन तयारी थप चार स्थानमा अध्यक्ष केसी ,
जेठ २९ ,काठमान्डौ – विश्वमा महामारीकै रुपमा फैलीएको कोरोना भाईरसबाट नागरिकको सुरक्षाको लागि सिम्ता गाँउपालिकाले राकममा ५० बेडको आईसोलेसन निर्माण तयारि गरेको छ।
हाल सम्म गाँउपालिकाले विभिन्न विद्यालय सामुदायिक भवन गरि ४५ वटा क्वारेईनटाईन निर्माण गरेको छ।
जसमा हाल सम्म २३ सय बढी नागरिकलाई राखीएको छ भने अझै एक हजार बढी नागरिक भित्रिने क्रम रहेको सिम्ता गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए।
जसमा १७६ महिला छन् भने अन्य पुरुष छन्, कतिपयलाई आरडिटि पिसिआर नेगेटिभ रिपोर्ट आएपछि होम क्वारेईनटाईनमा बस्ने गरि पठाईएको पनि केसीले जानकारी दिए।
महामारीको अवस्था आउनसक्ने भन्दै गाँउपालिकाले बजेडिचौर,खानीखोला ,वागेस्वरी माध्यामिक विद्यालयका स्थानमा थप आईसोलेसनको तयारी गरेको छ।
करिब १५ सय जतिको रिपोर्ट जाँच गर्न बाँकी रहेको र केहीको स्वाब संकलन गरि पठाईएकोमा रिपोर्ट आउन बाँकी रहेको अध्यक्ष केसीले बताए।
क्वारेईनटाईमा बसेका सबैलाई उच्च मनोबल बढाउन दैनिक जस्तो निरिक्षन भेटघाट गरिरहेको पनि उनले बताए।
सिम्ता गाँउपालिकामा हाल सम्म २ जनामा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको छ उनीहरुको आरडिटि जाँचमा पोजेटिभ आएको थियो।
गाँउपालिकामा थप संक्रमित बढ्न नदिन सबैले सुरक्ष अप्नाउन विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन पालाना गर्नपनि केसीले आग्रह गरे।
हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४३ सय ६४ जनामा संक्रमण फेला परेको छ भने १५ जनाको मृतु भईसकेको छ।