surkhet

अब ट्याक्सीको पनि सिन्डिकेट तोडिन्छ ,,

surkhet

वैशाख,१०- काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् ।सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित गर्छौं ।’

उनले पर्यटक र आम सर्वसाधारणले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौं, अन्तिममा आएर बस व्यवसायीहरुले पनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ ।’

Gorkha

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर वैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । मन्त्री महासेठले भने,’सरकार आफै बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर वैकल्पिक व्यवस्थाबारे सोच्छौं, हामी पर्‍यो भने नयाँ बस ल्याउन सक्छौं ।

Dailekh

तेस्तै उनले भने २०१८ सालमा नेपालमा रेल गुड्छ , केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेल पनि चलाउछौं, होला बरु ५ वर्ष भनेकोमा ६ वर्ष लाग्ला, तर ७ वर्ष कुर्नुपर्दैन ।

 

salyan