रंग दर्पण र उत्पीडन युवा मञ्चद्वारा रुकुम पश्चिम हत्याका परिवारलाई ७२ हजार हस्तान्तरण ,

भारतबाट जगत विकले रु ७२ हजार रुकुम घटनाका पिडितलाई सहयोग गरेका हुन् ,

असार १६ ,काठमान्डौ – रुकुम पश्चिम चौरहजारी सोती ८ घटनामा जातिय विभेदका कारण मारीएका जाजरकोटका नवराज विक सहित ६ जना मृतक परिवारलाई रु ७२,००० हजार उपलब्ध गराईएको छ।

चौरजाहारी नगरपालिका वडान ३ उत्पीडन युवा मञ्च समाज अ्माचौरलाई शिद्देस्वर प्रगतिशील समाज साफेबगर नगरपालिका जगत विकले रकम उपलब्ध गराएका हुन्।

मनकारी समाजसेवी जगत हाल भारतमा रोजगारीको शिलसिलामा छन्। जाजरकोट भेरी नगरपालिकाको कार्यालयमा पुगेर रंग दर्पणका संचारकर्मी सर्जन बिसी उत्पीडित युवा समाज मञ्चका अध्यक्ष गोबिन्द कुमार महरले रकम उपलब्ध गराएका हुन्।

lekbesi

जाजरकोट भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर घर्ति ,नगर उपप्रमुख भावना भण्डारीको उपस्थितिमा पिडित परिवारलाई १२,००० हजारका दरले रकम उपलब्ध गराईएको हो ।

गत जेठ १० गते जाजरकोटबाट सोतिमा रहेकी आफ्नी प्रेमिका लिन पुगेका नवराजविक सहित ६ जनालाई रुकुम पश्चिममा हत्या गरि भेरिनदिमा फालीएको थियो।

घटनाको अनुसन्धानमा जातिय विभेदका कारण हत्या गरिएको गृहमन्त्रालयले प्रतिवेदन सरकारलाई बुझाएको छ।

घटनामा संलग्न ३४ जनालाई प्रहरीले गिरफ्तार गरि अदालतमा बयान लिने क्रम जारि छ। घटनामा संलग्न दोषीले आफ्नो गल्ति स्वीकार गरिसकेका छन्।

अद्लाताले सुस्मा मल्ल र उनकी आमालाई मतियार र चौरहजारि सोती वडान ८ का अध्यक्ष डम्बर मल्लसहित अन्यलाई जातिय विभेद र ज्यान मार्ने उधोगमा मुद्दा चलाईरहेको छ।