आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई भने दुवै पदबाट राजिनामा दिनुस काम छैन ,

असार १६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा दिन माग गरेका छन्।

प्रधानमन्त्री ओलीले आईतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नेपालको नँया नक्सालाई लिएर आफ्नै पार्टीका नेताहरु भारतसंग मिलेर आफुलाई पदबाट हटाउने दाउमा रहेको अभिव्यक्ति दिएका थिए।

ओलीको यो अभिव्यक्तिलाई लिएर आजको स्थायी कमिटि बैठक वालुवाटारमा केन्द्रित थियो। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको बताए ।

मदन भण्डारी जयन्तिको दिनमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको समेत प्रचण्डले बताए ।ओलीको यो अभिव्यक्तिले पार्टीमानै अविश्वास भएको नेताहरुले बताएका थिए।

प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाए ।कतिपयले भने ओलीलेनै पार्टी फुटाउन एमाले पार्टी दर्ता गर्न झापाकै मान्छेलाई गर्न लगाएको बताएका छन्।

तर बैठकमा ओलीले निर्वाचन आयोगमा एमाले दल दर्ताको निवेदनबारे केहि थाहा नभएको बताएका छन्।

ओलीले भने मा यहि नेकपा पार्टीको नेता र अध्यक्ष प्रधानमन्त्री हु ,‘दल दर्ता कसले किन गर्न खोजेको हो मलाई थाहा छैन साथै ओलीले ननईश्यूलाई ल्याएर पार्टीको बैठकमा किन छलफल गर्न खोजेको भन्दै प्रचण्डमाथि नै प्रश्न गरेका थिए ।

 

ओलीको जवाफमा प्रचण्डले दल दर्ता र भारतले सरकार ढाल्न खोजेको प्रमाणबारे प्रष्ट नभएको बताए । तर, त्यसपछि ओली बोलेनन् । त्यसपछि अरु नेताहरुले आफ्नो धारणा राखेका थिए ।

ओली प्रचण्डको जवाफ सवाल पछि स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिन माग गरेका थिए। खानल कडकिएर भनेका अथिए हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ?

ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेका हुन् ।

पार्टीले प्रधानमन्त्रीलाई हटाउने भन्यो भने ओलीले मान्नु पर्छ तानाशाह जस्तो गर्न मिल्दैन ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं खनालले भने ।’

वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको र त्यसले नै समस्या भएको बताउदै आक्रोस पोखे ।

नेपालले भने ओलीलाई पार्टी होइन गुट चाहीएको छ ,विधि होइन दास चाहीएको छ तेसैले यही कारण पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको त होइन भन्ने शंका लाग्न थाल्यो।

उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग गरेका छन् । ओलीले आफ्नो कमजोरी कहिल्यै आत्मसाथ गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको उनले बताए । गौतमले बैठकमा भने, ‘तपाई पार्टीको सबै ठाउँमा अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परेपछि स्वतः राजीनामा दिनुपर्ने हो, राजीनामा दिनुस् ।