स्थायी समितिका १७ जनाले राजिनामा मागेपछि ओली संकटमा बिहान ७ बजेबाट छलफल ,
असार १७ ,काठमान्डौ – प्रधामन्त्री केपी शर्मा ओलीले वालुवाटारमा मन्त्रिहरुलाई बोलाएका छन् बिहान ७ बजेबाट उनले छलफल गरिरहेका छन् ।
पार्टी भित्रबाट ओलीको राजिनामा माग आएपछि राजनीतिक परामर्शको लागि बोलाईएको बताईएको छ।
ओलीले हिजोनै रास्ट्रपति विद्यादेवी भण्डारीसंग पनि परामर्श गरिसकेका छन्। स्थायी कमिटिका १७ जनाले मंगलबार ओलीको राजिनामा माग गरेका छन्।
ओलीले पार्टी भित्र एकलौटी साशन लागु गरेको आम नेपालि जनतालाई सर्वविधितै छ ,।
ओलीले पार्टीको विधि भन्दापनि साशन लागु गरेको र गुट बनाएको नेकपा बरिस्ठ नेता माधव कुमार नेपाल उपाध्यक्ष वाम देव गौतम लगायतका नेताहरुले बताएका छन्।
प्रधानमन्त्री र अध्यक्ष दुवैपदबाट राजिनामा दिनुपर्ने उनीहरुको माग छ।पार्टीको निर्णय विपरित अध्यादेश जारि गरेका ओलीको चर्को आलोचना पछि उनले अध्यादेश फिर्ता गरेका थिए।
सांसद अपहरण ,ओमानी समूह ,स्वास्थ्य समाग्री खरिद प्रकरण घोटाला ,कोरोना महामारीमा दश अर्ब खर्च ,कोरोना निको बनाउन बेसारपानिका कुरा गरेर डाक्टर बन्न खोज्ने ,संकटमा परेका विदेशमा रहेका नेपालीलाई नेपालमा ल्याउन माग गर्दा कोरोना फैलिन्छ जस्ता थुप्रै उनका काण्ड छन्।