प्रधानमन्त्रीलाई झलनाथ खनालले भने कसलाई भारतीय दलाल भनेको हो ?

असार १७ ,काठमान्डौ – मंगलबारको स्थायी समिति बैठकमा नेकपा वरिष्ठ नेता झलनाथ खनालको गर्जन देखेर सबै दङ्ग परे।

,उनको गर्जन देखेर नेकपा अध्यक्ष प्रचण्ड समेत हेरेको हेरेई भए प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नेपालको नँया नक्सालाई लिएर आफ्नै पार्टीका नेताहरु भारतसंग मिलेर आफुलाई पदबाट हटाउने दाउमा रहेको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर नेकपा भित्र हलचल पैदा भयो र हिजोको स्थायी समति बैठकमा यहि विषय केन्द्रित रह्यो।

ओली र प्रचण्डले आफ्नो सवाल जवाफ सके लगतै खानलले बोलेका थिए ,खनाल यसरि कराएकि सबै हेरेको हेरेई भए ,तपाई बढी बोल्न पर्ने आवस्यक छैन ।

दुवै पदबाट राजिनामा दिनुहोस ,पार्टी भित्र एकलौटी साशन लागु गर्न खोज्ने लाद्ने ,हामीलाई के भारतीय दलाल सम्जेको हो ,? के अभिव्यक्ति हो ,तानाशाह जस्तो गर्ने ,पार्टीको निर्णय तपाईले मान्नुपर्छ तपाई अल्पमतमा हुनुहुन्छ राजिनामा दिनुहोस बढी कुरै छैन लिखित प्रस्तवा ल्याउ उनले भनेका थिए।

बरिस्ठ नेता माधव कुमार नेपालले पनि ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेकोले राजिनामा दिन माग गरे।

उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । स्थायी कमिटिक १७ जना सदस्यले ओलीको राजिनामा माग गरेपछि ओली संकटमा परेका छन्।

ओलीले आज आफ्नो निवास वालुवाटारमा मन्त्रिहरुलाई बोलाएर छलफल गरिरहेका छन् ,सम्भवत ओलीले राजीनामाको तयारि गर्नेछन।