प्रधानमन्त्री ओली मुटुको जाँच गराएर निवासमा फर्कीए ,

असार १७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नियमित रूपमा मुटुको जाँच गराउँदै आएका छन् ।

ओली आजपनि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर आफ्नो निवास वालुवाटारमा फर्किएका छन् ।

बुधबार बिहान स्थायी समितिको बैठकमा ओली करिब एक घण्टा सहभागी भएका थिए लगतै बैठक स्थगित भएको थिए तेस्पछि ओली संसद बैठकमा पुगेका थिए।

lekbesi

संसद बैठकबाट फर्कीएपछि ओली मुटुको जाँच गराउन अस्पताल पुगेको र यो उनको नियमित प्रक्रिया रहेको प्रधानमन्त्रीका सल्हाकार सुर्य थापाले बताए ।