सलहले रुकुम पश्चिममा आतंक मच्चाउदै ,
असार १७ ,रुकुम पश्चिम – नेपालमा भित्रीएको सलह तराई हुदै पहाडमा पुगेको छ ।
आज रुकुम पश्चिम चौरजाहारी नगरपालिका नयाँ बस्ती अ्माचौरमा सलह किराको बथान देखिएको छ।
आज दिउसो आकासभरि सलह उडेको र केहि बथान किसानको खेतबारीमा बस्ने गरेको छ ।सलह बारी, फलफुलका बोटमा बसेपछि किसान चिन्तित बनेका छन् ।
अ्मचौरका किसानले घर -घरबाट स्टिलका थालि हातमा लिएर बजाउदै खेत बारीमा पुगेका छन् ।
केहि महिना अगाडी पाकिस्तान ,भारतमा देखिएको सलह नेपालमा प्रवेश गरेको छ। सलह अहिले तराईका विभिन्न जिल्ला हुँदै पहाडमा समेत पुगेको छ ।
सर्जन विसी
पश्चिम रुकुम ,