नेपालमा आज कोरोना संक्रमणका बिरामी घटे जम्मा २३२ जना ,

असार २० ,काठमान्डौ – नेपालमा आज थप २३२ जनामा कोरोना संक्रमणका बिरामी फेला परेका छन्। अन्य दिनको तुलनामा यो घट्दो हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय १९ पुगेको छ। तेस्तै गत २४ घन्टामा २७२ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।

हाल सम्म कोभिड १९ लाई जित्नेको संख्या ६४१५ पुगेको छ। तेस्तै हाल सम्म ५१५ जना रेडजोनमा परेका छन्।

आज सुनसरी र सिन्धुपाल्चोककाका गरि दुई जना रेड जोनमा परेका छन् ।तेस्तै यो संख्याबाट हाल सम्म ३४ जना संक्रमितको निधन भएको छ।
तेसैगरी हाल सम्म २ लाख ४६ हजार २ सय ९७ जनाको पीसीआर परिक्षण भएको छ भने गत २४ घन्टामा ४ अहाज्र ५० जनाको पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
