वालुवाटारमा ओली प्रचण्डबीच वान टु वान वार्ता ,

असार २२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र अधय्क्ष पुष्पकमल दाहाल प्रचण्ड बीच वालुवाटारमा वान टु वान वार्ता चलिरहेको छ।
तेस्तै आज बस्ने भनेको स्थायी समिति बैठकपनि स्थगित भएको छ। दुवै अधय्क्षले छलफलमा आ -आफ्ना भनाई र पार्टी भित्र भएको आतारिक चर्को विवादलाई सुल्झाउने प्रयास भईरहेको विशेष श्रोतले जनाएको छ।
यो भन्दा अगाडी पनि ओली प्रचण्डबीच छलफल चलेको थियो छलफलमा ओलीले दुवै पदबाट राजिनामा नदिने बताएका छन् तर आजको छलफलमा भने के सहमति भयो भन्ने कुनै जानकारी भएको छैन।
नेकपा अधय्क्ष प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको एक नेताले बताए। तेस्तै हिजो मात्र नेकपा भित्र ओली र प्रचण्डबीच ५ बुँदे सहमति ड्राफ्ट बनेको समेत समाचार बाहिरिएपछि आपत्ति जनाईएको छ।
नियोजितरुपमा चलाईएको हो हल्लामा दुवै अधय्क्ष पार्टी सतर्क रहनुपर्ने समेत दुवैले एक अर्कामा छलफल गरेका छन्।
तेस्तै पार्टीभित्र आन्तरिक विवाद बढेपछि पार्टीका दोस्रो तथा तेस्रो तहका नेताहरुले दवाब दिँदै आएका छन् ।ने ताहरुको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरु सक्रिय भएका हुन् ।
आजपनि नेकपा युवा नेताहरुले पार्टी कार्यालय धुम्बाराहीमा दुवै नेतालाई ध्यानाकर्षण भेला समेत गर्ने जानकारी गरेका छन्।
