मंगलबार थपिए २०४ जना नँया संक्रमित ,

असार ,२३ ,काठमान्डौ – नेपालमा आज थप २ सय ४ जना कोरोना संक्रमित फेला परेसंगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको स्वस्थ्य मन्त्रालयले बताएको छ।

गत २४ घन्टामा ६ सय ८८ जनाले कोरोनालाई जितेर घर फर्कीएका छन् यो संगै हाल सम्म ७ हजार ४ सय ९९ जनाले कोरोनालाई पराजित गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका प्रवक्ता जागेस्वर गौतमका अनुसार ६ हजार १ सय ३३ जनाको पीसीआर परिक्षण भएको छ।