Gold

सरिता गिरीलाई समाजवादी पार्टीले हटायो, सांसद पद गयो ,

Naumule Migrate

आसार २३ ,काठमान्डौ – समाजवादी पार्टीले आफ्नी सांसद सरिता गिरीलाई कारबाही गरेको छ। सरितालाई पार्टी र सांसदपदबाट निष्कासन गरेको समाजवादी पार्टीले बता एको छ।

सरिता गिरीले पार्टीको ह्विप जारि उल्लघन गरेको आरोप छ,पार्टीले उनलाई बारमबार सुझाव दिदापनि उनले बेवास्ता गरेकी थिइन्।

पार्टीको ह्विप जारिलाई नमान्दा महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

सो अनुसार गिरीलाई कारबाही गरिएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। सांसद गिरीले प्रतिनिधिसभा बैठक समेत बहिष्कार गरेकी थिइन् ।

Naumule Badhipahiro