सिन्धुपाल्चोक बाढी अपडेट २ जनाको शव फेला जम्बु बजारनै छैन , ,

असार २५ ,काठमान्डौ – गए राति सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको भिषण बाढीका कारण २ जनाको शवाफेला परेको छ भने १९ जना वेपत्ता छन्।
बाढीले जम्बु बजारनै बगाएर लगेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए।

उनका अनुसार बाढीले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति पुर्याएको छ।
भोटेकोशी थुनिएको र बाँध फुटेर आकस्मिक बहाव बढेको अनुमान लगाईएपनि अझै घटनास्थलमा पुग्न गाह्र्यो भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले बताए।

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ ,जसले गर्दा उद्दार टोलि पुग्न नसकेको तर प्रयास भईरहेको महर्जनले बताए।
जम्बोमा १५ घर बाढीले बगाएको र सबैभन्दा बाढी तेही क्षति भएको उनले बताए ,थप विवरण आउँन बाँकी छ।
