surkhet

नवलपरासी पश्चिमको सिमाबाट २ लाख ६५ हजार बराबरको अवैध मालसामान बरामद

surkhet

असार २५ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिम जिल्लाको सिमावर्ती एरियाबाट करिब २ लाख ६५ हजार बराबरको अवैध मालसामान बरामद गरेको छ ।

बिहिवार बिहान ४:१५ बजेको समयमा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारत तर्फ भन्सार छली अवैध रुपमा लादै गरेको ७ बोरा क्यानेडियन (मटर) जिल्लाको प्रतापपुर गाउपालिका वडानं. ५ स्थित भारतीय सिमा नजिकबाट ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।

तेस्तै सोही दिन बिहान ५ बजेको समयमा प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ अवैध भन्सार छली युपी ५६ एए २७२९ नं. को भारतीय मोटरसाईकलमा ल्याउदै गरेको २ गाठ ( काचो कपडा र लेडिज सुट ) कपडाहरु प्रतापपुर गाउँपालिका वडा नं. ५ जन्नाथपुरबाट बरामद गरेको हो ।

Dailekh
Gorkha

उक्त कपडा मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि मोटरसाईकल र कपडा बेवारिसे छाडि मानिस भागेका थिए ।

वरामद भएको ७ बोरा केराउ, कपडा तथा मोटरसाईकलको मुल्य दुई लाख पैसठ्ठी हजार रहेको छ ।

उक्त सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको नवलपरासी पश्चिमका नेपाल प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी राजु लामाले जानकारी दिए । सिमा क्षेत्रमा तस्करी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएका हुन ।

रबिन्द्र यादव नवलपरासी पश्चिम ,

salyan