suekhet
bheriad

जिल्लाभित्र ट्याक्सी चलाउन पाइने बढी भाडा लिए कारबाही गरिने ,

lekabesi

असार २५ ,काठमान्डौ – सरकारले काठमान्डौ उपत्यका र जिल्लाभित्र ट्याक्सी संचालन गर्ने निर्णय गरेको छ तर ट्याक्सीले बढी भाडा लिएको पाईएका कारबाही गरिने छ।

असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्याक्सीमा चालक र दुईजना यात्रुबाहेक राख्न नपाउने र मास्क र स्यानिटाइजरलाई भने अनिवार्य गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् ।

एकै परिवारका बालबालिका भए राख्न पाईने भएको छ ,सरकारले जोर बिजोर प्रणालीमा चल्ने निजी सवारी साधानमा पनि चालकबाहेक २ जनालाई सवार हुन पाउने पनि निर्णय गरेको छ ।

मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा तत्काललाई ट्याक्सी संचालन हुने छन् भने अन्य ठुला सवारी साधनमा केहि समय लाग्ने छ जसको लागि पनि निर्णय भैरहेको छ।

तेस्तै लामो दूरीका सार्वजनिक सवारी साधनको विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन ।