भरतपुर मेडिकल कलेजबाट अवैध मृगौलाको कारोबार गर्ने चार चिकित्सक पक्राउ ,

असार २७ ,काठमान्डौ – भरतपुर मेडिकल कलेजका ४ जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।

अवैध मृगौला प्रत्यारोपण गराएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रवास श्रेष्ठ र बालकउष्ण कालाखेती रहेका छन् जिल्ला प्रशासन कार्यालयकाअधिकारी र अधिवक्ता रमेश काफ्ले समेत रहेका छन्।

उनीहरुले नेपाली नागरिकलाई भारतीय बनाएर मिर्गौला प्रत्यारोपण गराएको आरोप छ । पक्राउ परेका उनीहरुलाई काठमान्डौ ल्याउने र आईतबार पत्रकार सम्मेलन गर्ने ब्यूरोको जानकारी गरेको छ। उनीहरुलाई ब्युरोले लामो अनुसन्धान पछि पक्राउ गरेको बताएको छ।