तीज गीतमा विकृति फैलिन थालेपछि दोहोरि गित प्रतिष्ठानको प्रेस विज्ञप्ति ,

साउन ५ ,काठमान्डौ – लोकसंस्कृति सँगै संस्कार पनि स्वीकार गर्नु कलाकारको कर्तव्य रहेको लोक तथा दोहोरि गीत प्रतिस्ठानका अध्यक्ष रमेश विजीले बताएका छन् ।

पछिल्लो समय बजारमा कलाकारले गीत संगीतको नाममा अस्वस्थ प्रतिस्प्रधा गर्दै बजारमा विकृति फैलाउने गीत संगीत पठाउने गरेपछि आफुहरुको ध्यानआकर्षण भएको बिजिले रंग दर्पणलाई जानकारी दिए।

लोक तथा दोहोरी गीत प्रतिस्ठान जापान शाखाले समेत कलाकारले आफ्नो संस्कार भुलेर विकृति खालका गीत आउन थालेपछि विज्ञप्ति प्राकसित गरेको छ।

यसै विज्ञप्तिलाई ध्यानमा राखेर बिजिले नैतिकता भन्दा ठूलो कानुन एउटा असल श्रष्टाको लागि केहिपनि नरहेको हुँदा बजारमा प्रसारित गीत संगीतमा आफ्नो पनि ध्यान गएको बताएका हुन्।

बजारमा अहिले तीज गीतको नाममा छाडा प्रवितिका शब्द तथा भिडियो समावेश भएका छन्।

विकृति र विसंगति फैलाउने यस्ता खालका गीत संगीतले नेपालि मौलिक र परम्परा सांसकृतिक महत्व र विशेषतालाई नै समाप्त पार्ने हुनाले आफुहरुको ध्यानआकर्षण भएको जापान शाखाले बताएको छ।

हाम्रो मौलिक अनि परम्परागत संस्कृतिको संरक्षन प्रवर्दन गर्नु हामि सबैको उतिकै जिम्मेवारी हुने समेत शाखाले श्रस्ठा कलाकारमा सचेत रहन समेत चेतावनी दिएको छ।

पछिल्लो समय चलेकै कलाकार सर्जकले समेत विकृति देखि तीज गीतमा अंग प्रदर्शन गर्ने ,शब्द पनि उताउलो खालका गीत बजारमा पठाएका छन्।

यस्ता खालका गीतले केहि चीनमा मजा र मनोरंजन देला तर संस्कृति परम्परा भने ध्वस्त हुने संकेत देखिन्छ।

यस्ता गीतहरुको नाम लिस्ट समेत आफुहरुले तयार पारिरहेको प्रतिस्ठानका अधय्क्ष रमेश विजिले जानकारी दिए।

बजारमा अत्यधिक तेस्ता छाडा परविर्तिका गीत प्रासरित भएपछि कलाकारको आलोचना समेत भएको छ।

तेस्तै गीत संगीतमा अरुका सिर्जना चोर्ने समेत गरेका गुनासा अत्यधिक बढेका छन्। पुराना श्रस्ठाका गीतलाई बिगारेर गाउने तीज गीतमा पुरुषले ईलेक्ट्रिक गितार लगेर नाच्ने ,बियर ,गाँजा जस्ता शब्द हाल्ने गरेको पाईन्छ।

केहि महिना मात्र बजारमा पठाईएको सर्जक एक नारायण भण्डारीको तीज गित फरिया लरीलै बरिलैले निकै बजार पाएको छ।

जसलाई दर्शकले ३० लाख बढी पटक हेरिसकेका छन्। तर नाम चलेका चर्चित सर्जकले समेत यस्ता गीतलाई तीज भनेर बजारमा पठाउदा तेती राम्रो भने नहुने प्रतिक्रिया दिएका छन् जसमा गायिका प्रितीआलेको बिग्नी अवतार देख्न सकिन्छ।

तेस्तै गत साल विवादमा रहेको तीज गित बिच्च बिच्चमा बोलको गीत यो वर्ष गायक मोडल गायक दुर्गेश थापाले बिच्च बिच्चमा २ र ३ पनि बजारमा ल्याएक छन् ।यी गीतले पनि राम्रै बजार तताएको छ ,।

दुर्गेश्ले आफ्नो शब्द संगीत भरेको बिच्च बिच्च २ मा सम्माननिय सर्जक हरिदेवी कोईराला ,र प्रेम राजा महतको स्वरमा रहेको गित आकसैमा बादलु डम्म छ बोलको शब्द दुरुस्तै उनको गीतको दोश्रो शब्दमा कपि गरेको सुन्न पाईन्छ,भने भिडियोमा महिलाहरुको भल्गर नाच देखाईएको छ । यो गीतको लय शब्द संकलन लोककवि अलि मियाँको हो।

यो पनि ,
दुर्गेशको बिच्चमा ३ गीतले अहिलेको परिस्थिति कोरोनलाई समेटेर गीत पठाएको छ ,गीतको सुरुको भाग हेर्दै जाँदा राम्रो देखिन्छ तर राम्रो गीतलाई बिगारेर केटाहरुले महिलाहरुको सारी बलाउज प्रयोग गरेको देखिन्छ जसलाई पनि दर्शकले औला नदेखाएका भने होइनन।

बजारमा तीज गीतका मात्र नभई अन्य थुप्रै गीत संगीत विकृति ढंगले निकाल्ने क्रम भैरहेको छ जसमा आफुहरुको ध्यानआकर्ष भएको बिजिले बताए।