गायिका एलिना चौहानले गरिन श्रीमानविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर
माघ १८
काठमान्डौ – गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरूद्ध आज काठमान्डौ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा दायर गरिएका फिरादपत्रमा एलिनाले आफुलाई उनका पतिले मानसिक तनाव दिएको उल्लेख गरेकी छिन।
आफु कार्यकममा व्यस्त हुँदा उनका श्रीमानले बारम्बार घर फर्कन दबाब दिने गरेका थिए। जसका कारण उनी मानसिक कष्टको शिकार थिइन्।
यसका साथै, उनले नेपाल फर्केपछि पनि पतिले आफूलाई चरित्रमाथि शंका गर्दै लाञ्छना लगाएको र यसले सम्बन्धमा गहिरो प्रभाव पारेको उल्लेख गरिन्।
उनले अब आफू सङै बस्न नसक्ने र कुनै पनि आमो अंस नलिने समेत बताएकि छिन। गायिका एलिना चौहानको १० महिना अघि बिष्णुसाप्कोटा संघ बिबाह भएको थियो।